रेडक्रसको समस्या समाधान गर्न विधान संशोधन गरिने

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०८२, ०८ : ४१
रेडक्रसको समस्या समाधान गर्न विधान संशोधन गरिने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ ।

समितिका तर्फबाट शुक्रबार जारी विज्ञप्‍तिअनुसार समाज कल्याण परिषदमा आवद्ध भएर समितिले काम गर्ने बताएको छ ।

सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकारले दिएको नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधान संशोधन र संशोधित विधान बमोजिम केन्द्रीय महाधिवेशन गर्ने मुख्य कार्यभार पूरागर्ने कार्यमा आवश्यक सद्भाव, सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस