भारतले भन्दा नेपालले ८ वटा बढी पदक जित्यो (सूचीसहित)

मंगलबार, १७ मंसिर २०७६, २१ : ४१
भारतले भन्दा नेपालले ८ वटा बढी पदक जित्यो (सूचीसहित)

काठमाडौँ । १३ औं सागको तेस्रो दिन नेपालले ८ वटा स्वर्ण पदक थप्दै कूल स्वर्णपदक संख्या २३ बनाएको छ ।

यस्तै सबै किसिमका पदक गरी जम्म ४४ पदक पुगेको छ । नेपालले ९ रजत र १२ काँस्य पदक समेत जितेको छ । 

नेपालले भारतभन्दा ८ वटा बढी पदक जितेको छ । भारतले १५ स्वर्ण जित्दा १६ रजत र ९ काँस्य पनि जितेको छ । यस्तै श्रीलंकाले ५ स्वर्ण, १४ रजत र २७ कास्य जितेको छ ।

पाकिस्तानले ४ स्वर्ण, ११ रजत र १२ काँस्य जित्दा बंगलादेशले ४ स्वर्ण, ४ रजत र २० काँस्य जितेको छ । 
यस्तै माल्दिभ्सले १ स्वर्ण जित्दा भुटानले ३ काँस्य जितेको छ ।

प्रतिक्रिया दिनुहोस