फुटबलमा नेपालले भुटानलाई हरायो

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, १५ : ४४
फुटबलमा नेपालले भुटानलाई हरायो

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फुटबलमा नेपालले भुटानलाई हराएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको हो ।

खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा भयो ।
कप्तान सुजलले दोस्रो हाफमा ५० औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका थिए। यस्तै अभिषेक रिजालले ६४ औँ र मिक्चेन तामाङले ७६ औँ मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । नेपालको यो पहिलो खेलसँगै तीन अंक भएको छ ।

यसअघि बङ्गलादेशलाई पराजित गरेको भुटानले दुई खेलबाट तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस