‘प्याज’ कै कारण राजनिति दलहरु विभक्त

मंगलबार, १७ मंसिर २०७६, १४ : ०४
‘प्याज’ कै कारण राजनिति दलहरु विभक्त

नयाँ दिल्ली । प्याजको मुल्यले आकास छुईरहदा नेपाली उपभोक्ता कति मारमा परेका छन् भन्ने खबर संचार माध्यममा सामान्य आएपनि सामाजिक संजालमा भने भाईरल नै बन्न पुगेको छ । तरकारी पकाउन प्याजको भुमिका अनिवार्य जस्तै हुन्छ तर अहिले धेरैका किचेनमा प्याज पुग्न छोडेको छ ।

विगतमा सामान्य ४०/५० रुपैंयामा पाईने गरेको प्याज अहिले २ सय सम्म पुगेपछि अहिले कतिपय बिना प्याजकै तरकारी पकाउन थालेका छन् । नुन देखि सुन सम्म अरु देश माथि परिनिर्भर बन्ने गरेको हामी प्याजमा आत्मनिर्भर छौ भन्ने पक्कै हैन तर यही प्याजको मुख्य आयातको श्रोत भने भारत रहदंै आएको छ । तर अहिले भारतमै यसको मुल्य आकासिएपछि नेपाल लगायतका साना मुलुकमा झन नआकासिने कुरै भएन् । भारतमा प्याजको मुल्य चरम पुगेपछि अहिले यही प्याजमै राजनिति हुन थालेको छ । हुन त भारत विशाल मुलुक भएपनि यहां हुने ससाना राजनितिक मुद्धाले विश्वको ध्यान आकर्षण गर्ने गरेको छ । अहिले यस्तै एक मुद्धा बनेको छ प्याज ।

राजनितिक दलहरुले प्याजको मुल्य बृद्धिको विषयवस्तु उठाएर एकआपसमा हिलो छ्यापाछाप गर्न थालेका छन् । जसको साक्षी बनेको फेसबुक, ट्वीटर लगायतका सामाजकि संजाल । भारतमा प्याजको बढ्दो मूल्यले सर्वसाधारणको बजेटलाई मात्र हल्लाएको छैन कि कतिपय राज्यको मुख्य मुद्धा बन्न पुगेको छ ।

यो मुद्दा राजनीतिक दलहरूले निरन्तर उठाइरहेका छन् । मंगलबार आम आदमी पार्टीको सांसद संजय सिंह, सुशील गुप्ताले संसद परिसरमा यस विषयमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा दुबै सांसदहरूले घाँटीमा प्याजको हार नै लगाए । मूल्यको बारेमा दिल्लीको आम आदमी पार्टी सरकार र केन्द्र सरकार बीच ट्वीटर युद्ध भएको छ । आम आदमी पार्टीका नेता र केन्द्रीय मंत्री रामविलास पासवान बीच प्याजको मुद्धालाई लिएर सामाजिक संजालमा धेरै घोचपेच हुन थालेको छ । 

भारतमा प्याजको मूल्य कति छ त ?

भारतको राजधानी दिल्लीमा केही दिन यता प्याज प्रति किलो भारतिय रुपैयाँ ८० देखि १ सय ३० सम्ममा बिक्री हुन थालेको छ । यही दर दिल्लीमा मात्र नभएर ठुला शहरहरुमा एनसीआर लखनऊ, गाजियाबाद र अन्य शहरहरूमा पनि प्याजको समान जस्तै छ । प्याजको मुल्य ह्वात्तै बढेपछि चोरहरुको ध्यान पनि यता तर्फ केन्द्रित भएको छ । प्याज चोरीका घटना पनि सुनिन थालेका छन् । सुरत, गुजरातमा त १ सय किलोका बोराहरु नै चोरले चोरेर लैजान थालेका छन् ।