ब्याडमिन्टनमा नेपालको पदक पक्का

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, २१ : ५६
ब्याडमिन्टनमा नेपालको पदक पक्का

फाईल फोटो

काठमाडौँ । १३ औं साग अन्तरग भएको ब्याडमिन्टन टिम ईभेन्टस्मा नेपालको पदक पक्का भएको छ ।

पोखरा रङ्गशालामा नवनिर्मीत ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धामा नेपाली पुरुष टिमले भुटानी टिमलाई ३ – ० ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउँदै पदक पक्का गरेको हो । नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ्गले भुटानी खेलाडी अनिश गुरुङ्गलाई २१ – ६, २१ – ९ ले, दिपेश धामीले नैदुप दोर्जेलाई २१ – १३, २१ – १४ ले तथा उदियमान खेलाडी प्रिन्स दाहालले नोर्वु ड्रढुललाई २१ – १२, २१ – ५ ले पराजित गर्दै पदक पक्का गरेका हुन् ।

यस्तै महिला टोलीले पनि बंगलादेश माथि ३ – ० को नै जित निकाल्दै पदकमा नाम लेखाएका छन् । नङ्गशल देवी तामाङ्गले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ ले, रशिला महर्जनले एलिना सुल्तानालाई २८–२६, २१–१९ ले तथा जेशिका गुरुङ्गले विस्त्री खातुनलाई २१–१८, २२–२० ले पराजित गर्दै अर्को पदक पक्का गरे ।

अव नेपालले फाईनल प्रवेशका लागि दुवै टोलीले श्रीलङ्काको सामना गर्ने प्रशिक्षक किरण थापाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस