उपचुनाव : कास्कीमा नेकपा, भक्तपुरमा काँग्रेस अगाडी

देशभरि कँहा कसले जिते ? हेर्नुहोस् । अहिले सम्मको सूची

आइतबार, १५ मंसिर २०७६, ०८ : ००
उपचुनाव :  कास्कीमा नेकपा,  भक्तपुरमा काँग्रेस अगाडी

काठमाडौं । हिजो (शनिबार) सम्पन्न उपचुनावको मत परिणामहरु धमाधम आउन थालेका छन् । प्रतिनिधीसभा १, प्रदेश सभा ३, उपमहानगरपालिकाका मेयरमा १, गाँउपालिका अध्यक्षमा ३, उपाध्यक्षमा १ र वडा अध्यक्षमा ४३ स्थानका लागि भएको चुनावका मतपरिणामहरु सार्वजनिक हुन थालेका छन् । कतिपय वडाका अन्तिम परिणाम आईसकेका छन् । कतिपयमा अहिले पनि मतगणना जारी छ ।

कास्कीमा मध्यरात पौने २ बजेवाट मात्र मतगणना शुरु भएको छ । पछिल्लो मतगणना अनुसार, कास्कीको उपचुनावको पछिल्लो मतगणनामा नेकपाका उम्मेदवार विद्या भटटराई अधिकारी एक हजार मतले अगाडी छिन् ।  भट्टराईले ३२७६ मत पाएकी छिन् । नेपाली काँंग्रेसका उम्मेदवार खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन् ।  समाजवादी पार्टीका धर्मराज गुरुङले ९५, राप्रपाका सोमबहादुर भण्डारीले ४७, साझा पार्टीकी रजनी केसीले ३२ मत पाएकी छिन् । यो परिणाम पोखरा महानगरपालिका ३३ वडाको ९ वटा केन्द्रको मतगणना गर्दाको हो ।

हेर्नुहोस मत परिणामको पछिल्लो रेकर्ड कसले कति पाए ?
प्रदेश सभाका लागि भक्तपुर क्षेत्र नम्वर १ को ‘क’ मा भएको चुनावको पछिल्लो मत परिणाममा काँग्रेस उम्मेदवार अगाडी देखिएका छन् । भक्तपुरमा काँग्रेस उम्मेदवारले नेकपाका उम्मेदवार डिपि ढकाल भन्दा झण्डै २३ सय मतले अगाडी छन् । काँग्रेस उम्मेदवारले ६१७६ मत, नेकपाले ४५२७  र नेमकिपाका उम्मेदवारले ८१९ मत पाएका छन् । यो पछिल्लो मत परिणाम हो ।  यस्तै धरान उपमहानगरपालिकामा पनि नेकपा र काँग्रेसका उम्मेदवार बीचमा कडा प्रतिस्पर्धा चलिरहेको छ । धरानको वडा नम्वर २०, १९ र १८ पछिल्लो मत परिणाममा नेकपाका उम्मेदवारले २३०९, काँग्रेसका उम्मेदवारले २२९२ मत पाएका छन् । लिम्बुवानले १३३, समाजवादीले ७९, चुनाव चिन्ह पानीको बोतलले ६० र तराजुले ३ मत पाएका छन् । 

अहिलेसम्मको कँहा कसले जिते ?
१) थवाङ– १ रोल्पा जनक बहादुर बिढामगर नेकपा बिजयी ।
२) कुमाख, ५ सल्यान धर्म बूढाथोकी (ज्वाला) नेकपा बिजयी ।
३) पुनर्वास, ३ कञ्चनपुर कृष्ण बहादुर तमांग नेकपा बिजयी ।
४) सुन्दरबजार, २ लम्जुङ नबिन कुमार श्रेस्ठ नेकपा बिजयी ।
५) बाग्लुङ बडिगाड, २ ढालेंद्र शेरचन नेकपा विजयी ।
६) सिन्धुपाल्चोक इन्द्रावती, ८ केदारनाथ आचार्य नेकपा बिजयी ।
७) काठमाडौ, दक्षिणकाली, ३ शिव भक्ति बलामी नेकपा विजयी ।
८) काभ्रे लगते, धुलिखेल, २ देब कोईराला नेकपा विजयी ।
९)  खोटाँग साकÞेला खिदिमा, ३ शिवकला राई नेकपा विजयी । 
१०) भोजपुर पौवादूँग गाँउपालिका, १ श्यामशीला जितेन्द्र राई नेकपा विजयी ।
११) डोटी आदर्श गाउँपालिका २ राम बहादुर बोहोरा नेकपा बिजयी ।
१२) बैतडी शूर्यना गाँउपालिका, १ गजेन्द्र बहादुर चन्द नेका बिजयी ।
१३) गुल्मी रुरु गापा ६ गिरीप्रसाद सीजाली नेकपा विजयी ।
१४) पुर्बी नवलपरासी, वौदीकाली, ५ खिम बहादुर थापा खरू मगर नेकपा बिजयी ।
१५) सर्लाही, हरिपुर्वा नपा, १ श्यामबाबू राय यादब, समाजवादी पार्टी
१६) खाँदबारी न पा, ३ भरत कुमार घिमिरे नेकपा बिजयी ।
१७) चितवनको खैरहनी नगरपालिका, ५ मा नेका प्रतिमा कार्की बिजयी ।
१८) अर्घाखाँची मालारानिमा, ने का शोभाखर खनाल विजयी ।
१९) बाँके कोहलपूर, ६ रामशरण थारु नेकपा बिजयी ।
२०) प्यूठान नपा २, मुक्ति पोख्रेल नेकपा विजयी ।
२१) उमाकुंडा गाउँपालिका, ५ प्रितिमा कुल बहादुर बस्नेत बिजयी ।
२२) चितवन खैरहनी, ४ मा नेपाली कांग्रेसका देवबहादुर बस्नेत विजयी ।
२३) बैतडीको पुर्चौडी, ४ मा शैलेन्द्र धानुक नेकपा विजयी ।
२४) महोत्तरीको मटिहानी नगरपालिका, ६ मा राम बाबू नायक राष्ट्रिय जनता पार्टी (राजपा) बिजयी ।
२५) रौतहट गढीमाइ, २ काँग्रेसका दिपेन्द्र श्रेष्ठ बिजयी ।
२६) बाजुरास त्रिवेणी नगरपालिकामा नेकपाका उम्मेदवार मनराज बुढा मिलन विजयी ।
२७) सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपामन दिलिप कुमार यादव विजयी ।
२८) मेल्लेख गाउँपालिका, ५ अछाममा नेकपा बिजयी ।
२९) चितवन भरतपुर १६ नेकाका अमृत हमाल बिजयी ।


 

प्रतिक्रिया दिनुहोस