न्युजिल्याण्डलाई हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टिम

विश्वकप फुटबलमा सहभागी सबै टोलीको टुंगो लाग्यो

विहीबार, ३० कार्तिक २०७४, १६ : ०९
विश्वकप फुटबलमा सहभागी सबै टोलीको टुंगो लाग्यो


अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ ।

अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टोली बनेको छ ।बिहीबार बिहान पेरुको लिमामा भएको खेलमा एशिया ओसियाना क्षेत्रको प्रतिद्वन्दी न्युजिल्याण्ड २–० ले पराजित भयो । ३२ वर्षपछि विश्वकपमा छनोट भएको पेरु रुस विश्वकपमा सहभागी हुने दक्षिण अमेरिकाको पाचौं मुलुक पनि बनेको छ ।

यसअघि ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बियाले विश्वकपको टिकट काटिसकेका छन् ।घरेलु मैदानमा पेरुलाई गोलरहित बराबरीमा रोकेको न्युजिल्याण्ड दोस्रो लेगमा घरेलु टोली पेरुसँग निराश बन्यो ।

सन् १९८२ मा विश्वकप खेले यता पेरुको यो पहिलो सहभागिता हुनेछ । आयोजक रुसले स्वत विश्वकपमा स्थान बनाउँदा बाँकी ३१ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए ।

यसपटक छनोटमा केही उतारचढाए नतिजा पनि आए । चार पटकको विश्व च्याम्पियन इटली छनोट हुने सकेन । विश्वकपको पूर्व च्याम्पियनमध्ये यस विश्वकपमा सहभागी हुन असफल इटली मात्र एउटा टोली हो ।विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न ११ शहरका १२ वटा रंगशालामा हुँदैछ ।

विश्वकपमा दक्षिण अमेरिकाबाट ५, उत्तर अमेरिकाबाट ३, युरोपबाट १४, अफ्रिकाबाट ५ र एशियाबाट ५ टोली छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस