चितवनमा ३२ औं विश्व एड्स दिवस मनाइने

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, १६ : ४२
चितवनमा ३२ औं विश्व एड्स दिवस मनाइने

चितवन । ३२ औं विश्व एड्स दिवस चितवनमा पनि मनाइने भएको छ । विभिन्न सचेतनाका कार्यक्रमसहित ३ दिनसम्म भव्यताका साथ विश्व एड्स दिवस मनाइन लागिएको हो । दिवसका कार्यक्रम आज शुक्रबारबाट सुरु भएको छ । आज शुक्रबार पत्रकारसँग भेटघाट कार्यक्रम भएको थियो । 

भरतपुर महानगरको स्वास्थ्य शाखा, भरतपुर अस्पताल, स्वास्थ्य कार्यालय चितवनको संयोजनमा एड्स हेल्थ केयर फाउन्डेसन भरतपुरले कार्यक्रम गर्न लागेको हो । आज भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा एड्स हेल्थ केयर फाउन्डेसन नेपालका प्रदेश नं ३ का संयोजक कृष्णहरि सापकोटाले एचआईभी टेष्ट तथा अटो ¥यालीलगायतका कार्यक्रम गरी चितवनमा विश्व एड्स दिवस मनाइने बताउनुभयो । 

उहाँका अनुसार भोलि शनिबार भरतपुर कारागारमा रहेका कैदी बन्दीको एचआईभी परीक्षण हुनेछ । तेस्रो दिन आइतबार बिहान भरतपुर अस्पतालबाट एचआईभी एड्सको सचेतना दिँदै अटो ¥याली निकालिने छ । यसबाहेक आइतबार भरतपुर क्यान्सर अस्पतालअगाडि एचआईभी परीक्षणको कार्यक्रम राखिएको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस