दुई मन्त्री उपचुनावमा सहभागी हुँदै

भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाड र खानेपानी मन्त्री विना मगर मतदान गर्न गृह जिल्ला

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, १० : ३६
दुई मन्त्री उपचुनावमा सहभागी हुँदै

काठमाडौं । शनिबार (भोलि) हुन लागेको उपचुनावमा दुई मन्त्रीले भोट खसाल्दैं छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र खानेपानी मन्त्री विना मगरले उपचुनावमा भोट हाल्दै छन् । नेम्वाङ र मगर दुवैले वडाअध्यक्षका लागि मतदान गर्न लागेका हुन् ।

कन्चनपुरको पुनर्वासमा खानेपानी मन्त्री बिना मगरले पुनर्वास नगरपालिका वडा नम्बर ३ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा पहिलो मत खसाल्ने कार्यक्रम तय गरिएको छ । गत निर्वाचनमा निर्वाचित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको अध्यक्षमा निर्वाचित भएपछी सो वडाको अध्यक्ष पद रिक्त रहेको थियो ।

मतदान गर्नकै लागि मन्त्री मगर आजै गृहजिल्ला तर्फ लागेका छन् ।  भौतिक पूर्वाधारमन्त्री नेम्वाङले भने पाँचथरको फिदिम नगरपालिका–१ को वडाअध्यक्षका लागि हुने चुनावमा मतदान गर्न लागेका हुन् । पाँचथरको दुई वडामा उपचुनाव हुदैछ । नेम्वाङको गृहघर फिदिम नगरपालिका १ र हिलिहाङ गाउँपालिका–७ मा उपचुनाव हुन लागेको हो ।

नेम्वाङ भने मतदानकै लागि हिजो बिहिवार नै गृह जिल्ला तर्फ लागेका छन । उपचुनाव अन्र्तगत शनिबार प्रतिनिधीसभाको लागि १ (कास्की २)मा, प्रदेश सभाको तिन , धरान उपमहानगरपालिकाको मेयर, गाँउपालिकाको अध्यक्षमा ३, गाँउपालिकाको उपाध्यक्षमा १ र अन्य वडा अध्यक्षमा गरी कुल ५२ जनप्रतिनिधीका लागि मतदान हुँदैछ । निर्वाचनमा सत्तारुढ दल नेकपा र काँग्रेसका बिचमा तिव्र प्रतिस्पर्धा हुने आकलन गरिदैछ । यसलाई राजनीतिक दलहरुले मिनि जनमत संग्रहका रुपमा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस