काठमाडौं । सरकारले फेरि ४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढी, श्रीकृष्ण कन्सट्रकसन÷त्याडी निर्माण सेवा जेभी बझाङ र ओम श्री ओम इन्टरप्राइजेज मिनभवन रहेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ती कम्पनीलाई कालोसूचीमा राखेको हो। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालो सूचीमा राखेको हो।
पोखरा नगरपालिका, स्वास्थ्य निर्देशनालय डोटी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सम्बन्धीत कार्यायलबाट लेखिआएअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको मंसिर ६ को निर्णय अनुसार कालोसूचीमा राखिएको हो।
तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढीलाई २ वर्ष र अन्य तीन कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो। यसअघि सरकारले अन्य निर्माण कम्पनीलाई समयमा काम नगरेको भन्दै कालो सूचीमा राखेको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ मंसिर २०७६, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
१७ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
२३ निर्माण कम्पनी कालोसूचीमा
१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी
२९ वटा निर्माण कम्पनी कालोसूचीमा
यी ६ निर्माण कम्पनी कालोसूचीमा