सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

मंगलबार, १० मंसिर २०७६, १६ : ५२
सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भएको छ । इङ्ल्यान्डड र वेल्समा सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । एक सय बलको हुने ‘द हन्ड्रेड’ मा पहिलो खेल सन्दीप आबद्ध टोली ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्नेछ ।

दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससँग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगस्ट २ मा ट्रेन्ट रकेट्स, अगस्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगस्ट ११ मा बर्मिङ्घम फोनेक्ससँग खेल्नेछ । यसअघि इन्भेन्सीबल्सले सन्दीपलाई एक लाख पाउण्ड (करिव एक करोड ४७ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । विश्वका ठूला फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै सर्वाधिक रकम पाएका हुन् । ‘द हन्ड्रेड’ मा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने छन् ।