काठमाडौँ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नखेल्ने भएका छन् । भारतको आईपिएल लगायत विभिन्न देशबाट लिग खेलेका लामिछाने साग अन्र्तगतको प्रतियोगितामा स्वास्थ्य प्रतिकुलका कारण सहभागी नहुने भएका हुन् ।
लामिछानेको आँखामा समस्या देखिएपछि मंगलबार उनको आँखाको शल्यक्रिया गरिएको थियो । सोही कारण उनी खेल्न नसक्ने भएका हुन् । क्रिकेट भन्ना साथ लामिछानेको नाम क्रिकेट प्रेमी दर्शकका माझ लोकप्रिय छ ।
क्रिकेट खेलका लागि लामिछाने स्वदेशमा मात्रै नभई विदेशमा पनि हट केक बन्न सफल भएका छन् ।
नेपाली टोलीका व्यवस्थापक सुमनराज कार्कीले सन्दीप नखेल्ने निश्चित भएको बताए । सन्दीपले शल्यक्रियाका कारण दुई साता आराम गर्नुपर्नेछ । सन्दीपले यस बारेमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेल पठाएर जानकारी गराइसकेको बताइएको छ । क्यानले उनलाई मेडिकल रिपार्ट पेस गर्न भनेको छ । सन्दीपको स्थानमा मध्यपंक्तिका ब्याट्सम्यान रोहित पौडेललाई राखिने लगभग निश्चित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० मंसिर २०७६, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप