काठमाडौं । नेपाल सरकारद्दारा प्रदेश नम्वर २ मा सञ्चालित राष्टिय गौरवका आयोजनाहरु फाष्टट्रयाक, एयरपोर्ट, हुलाकी राजमार्ग, बर्दिवास निजगढ रेलमार्ग, कोशि मरिन डाइभर्सन, विशेष आर्थिक क्षेत्र (सेज) लगायत निजगढ स्मार्टसिटी, निजगढ–गौर–बकैया तटबन्धन जस्ता विकासका आयोजनाहरुलाई गतिशिलता प्रदान गर्ने उदेश्यले सत्तारुढ दल नेकपाले बाराको निजगढमा विशेष कार्यक्रम आयोजना गर्दैछन् ।
नेकपाको प्रदेश २ कमिटिको आयोजनामा हुने कार्यक्रममा आज दिउसा एकैसाथ अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल सहित ८ मन्त्रीहरु पुग्दैछन् । निजगढ नगरपालिका ९ स्थित शहीद हिरालाल रंगशाला (बकैया पुलको दक्षिणतर्फ) बिहान १२ वजे भब्य कार्यक्रम आयोजना हुने नेकपाले जनाएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको प्रमुख आतिथ्यता तथा महासचिव पौडेल लगायत मन्त्रीहरुको सहभागितामा कार्यक्रम आयोजना हुन लागेको प्रदेश २ का अध्यक्ष प्रभु शाहले जानकारी दिए । विकास र समृद्धिका लागि जनताको सामुहिक प्रतिबद्धता ब्यक्त गर्न विशाल जनसभा आयोजना गर्न लागिएको साहले बताए ।
कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डसंगै विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भटट, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ती स्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराइृ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र श्रममन्त्री रामेश्वर राय यादव पनि सहभागी हुँदैछन् । नेताहरुले एकैसाथ बाराको आमसभामा सम्बोधन गरेर विकास प्रतिको आफुहरुको सामुहिक प्रतिबद्धता ब्यक्त गर्न लागेको प्रदेश २ का अध्यक्ष साहले बताए ।
त्यस्तै कार्यक्रममा निवर्तमान मन्त्री समेत रहेका स्थायी समिति सदस्य मातृका प्रसाद यादब, रघुबीर महासेठ, केन्द्रिय सदस्य, संघीय र प्रदेशका सासंदहरुको ठुलो संख्यामा सहभागिता रहने प्रदेश २ का सचिव समुनराज प्याकुरेलले बताए । विभिन्न उप समिति मार्फत कार्यक्रमको तयारी गरिएको छ ।
मुख्य मञ्च देखि स्वागतद्धार समेत निर्माण भएको र सवारी साधनको पार्किङ्ग, खानेपानी, शौचालयको व्यवस्थापनको काम भएको नेकपा प्रदेश कमिटीले जनाएको छ ।
प्रचण्डको ब्यस्तता
नेकपा अध्यक्ष प्रचण्ड भने उपत्यका बाहिरका पार्टी काममा ब्यस्त देखिएका छन् । सोमबार चितवनको कार्यक्रममा ब्यस्त रहेका उनी मंगलबार (आज) निजगढको कार्यक्रममा सहभागी हुनेछन् । प्रचण्डको निजी सचिवालयका अनुसार, भोलि बुधबार चितवनको उपचुनावको आमसभामा जाने कार्यक्रम छ । त्यसैगरि बिहिबार धरान उपमहानगरपालिकाको चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग