मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार

सफल खबर संवाददाता

सोमबार, ०९ मंसिर २०७६, १८ : ३३
मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार

काठमाडौं । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन् ।
सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजि मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न तयार भएका हुन् । मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरी भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज संचालकहरुलाई मन्त्रालय बोलाएका थिए । 

नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।
 

प्रतिक्रिया दिनुहोस