पोखरा । २० वर्ष देखि काँग्रेसको सक्रिय राजनितिमा लागेका पुर्व अर्मला गाँउ कमिटीका सचिव धर्मराज आचार्य नेकपामा प्रवेश गरेका छन् ।
हाल काँग्रेसद्वारा गठित हरिपाउ मुलाछर्ने क्षेत्रको चुनावी कमाण्डर समेत रहेका आचार्यले नेकपाको सहारा विना विकास निर्माण संभव नरहेकाले आफु नेकपामा प्रवेश गरेको बताए । अमलाबिसौनी घार्मी आलेवारी सडकका अध्यक्ष समेत रहेका आचार्य विभिन्न संघ संस्थामा आवद्घ छन् । यसैबिच नेकपा उम्मेद्वार विद्या भट्राईले ग्रामीण क्षेत्रको विकास बिना समृद्घ राष्ट्रको कल्पना गर्न नसकिने बताएकी छिन् ।
चुनावी प्रचार अन्र्तगत पोखरा १६ अर्मलामा आयोजित घरदैलोका क्रममा अर्मलाकोट, पात्ले डिही लगायतका स्थानमा भएको कोणसभामा बोल्दै उनले महानगर भित्रै भएर पनि अर्मला क्षेत्र पिछाडिएको बताउँदै, यस्ता क्षेत्रको विकासका लागि पनि आफु जनताको बिचमा आएको स्पष्ट पारिन् । अर्मलाका विभिन्न ठाउँमा सडक निर्माणको कार्यले पुर्णता नपाइसकेको भन्दै उम्मेदवार अधिकारीले यसको पुर्णता नै आफ्नो प्राथामिकता रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ मंसिर २०७६, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?