मनकामना केबुलकार २१ औं वर्षमा प्रवेश, दर्शनार्थीको घुइँचो

आइतबार, ०८ मंसिर २०७६, १२ : १९
मनकामना केबुलकार २१ औं वर्षमा प्रवेश, दर्शनार्थीको घुइँचो

चितवन । मनकामना केबुलकार २१ औं वर्षमा प्रवेश गरेको छ । नेपालकै पहिलो केबलकार चढेर मनकामनाको दर्शन गर्न हिजो शनिबार ७ हजार ९० जना दर्शनार्थी पुगेका थिए । 

मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले यस आर्थिक बर्ष २०७६÷७७ कै साउन देखियता हिजो शनिबार सबै भन्दा बढी दर्शनार्थीले मनकामना केबलकार चढेका बताउनुभयो । यसका साथै पैदल र सडकबाट सवारी साधनमा समेत दर्शनार्थीहरु मनकामना मन्दिर पुगेका छन् । 

चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारबाट गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिरसम्म केबलकार सञ्चालनमा रहेको छ । मनकामना दर्शन प्रालिले केबलकार सञ्चालन गरेको हो । यसको प्रवेशद्धार वटम स्टेशन चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेसमा) मा रहेको छ ।

दर्शनार्थीको चाप बढेसंगै केबलकारको क्षमता समेत विस्तार गरिएको मकामना दर्शनप्रालिले २८ डब्बा यात्रु र तीन ओटाले सामाग्री बोक्ने गरेको छ । मनकामना केबलकारले दैनिक १० हजार यात्रुहरुलाई सेवा दिन सक्ने जनाएको छ ।

अध्यक्ष राजबाबु श्रेष्ठका अनुसार मनकामना केबलकार चढ्नका लागि नेपालीका लागी एकतर्फी रु ३९५ र दुईतर्फीका लागि रु ६७५ टिकटदर रहेको छ । यसैबीच भारतीय यात्रुका लागि एकतर्फी ४९६ र दुईतर्फी रु ८४० टिकदर रहेको छ । विद्यार्थी र बच्चाहरुका लागि टिकटमा छुटको व्यवस्था रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

महाप्रबन्धक डिएन कायस्थाले मनकामना केबलकारले आज २० वर्ष पूरा गरि २१ औँ बर्षमा प्रवेश गरेको र दर्शनार्थीको घुइँचो बढिरहेको बताउनुभयो । मनकामना मन्दिरको दर्शन गर्न जान सहजताा लागि २०५५ सालको मंसिर ८ गतेदेखि व्यावसायिक रूपले सञ्चालनमा ल्याइएको हो ।

स्टेशन म्यानेजर उज्वल शेरचनले वार्षिकत्सवको अवसरमा मनकाकामना दर्शन प्रालिले केबलकार परिषरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस