काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले ०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावी अभियानमा पटक पटक तर्कहीन भाषण गरे । उनले बाम गठबन्धनको सरकार आए ‘रुन समेत नपाइने’ भन्दै काँग्रेसलाई भोट दिन आग्रह गरे । सोही क्रममा उनले आफूलाई ज्योतिषीले ७ पटक सम्म प्रधानमन्त्री हुने हावादारी अभिव्यक्ति पनि दिए ।
यसले उनमा पदीय आशक्ति र भ्रम भएको देखिन्थ्यो । यति मात्रै होइन एक कार्यक्रममा दर्शकले प्रश्न सोधेकै कारण जंगिएका देउवाले ‘तपाई बढ्दा बोल्दै हुनुहुन्छ’ भनेपछि उनी ट्रोल नै बनेका थिए । देउवाको हलुका र जिम्मेवारहीन अभिव्यक्तिले उनको व्यक्तित्वमै असर परेको धेरैको बुझाई छ । तर पनि देउवाले एक पछि अर्को गलत अभिव्यक्ति दिन छाडेका छैनन् । अहिले मुलुक भारतले मिचेको नेपाली भूमिलाई लिएर एकताबद्ध छ । देशभर भारतको विरोधमा प्रदर्शनहरु भइरहेका छन् तिनै देउवा भने विवादास्पद अभिव्यक्ति दिएर थप आलोचित भएका छन् ।
देउवाले पोखरामा शनिबार यतिसम्म भनेकी प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नक्सा परिवर्तन गरेको बताए । उनले भने, ‘अघिल्लो पल्ट राष्ट्रवादी नारा लाएर जितेको होइन ? कहाँ छ त्यो राष्ट्रवाद ? ओलीको राष्ट्रवाद आज कालापानी पुगेर घुँडा टेकेको छ । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । यसकारण ओली राष्ट्रवादी नै होइन ।’ उनले अगाडि थप भने, ‘ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यसै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन भारतले ।’ उनले महाकाली सन्धीको प्रसंग पनि उप्काए–म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो ।
महाकालीलाई सीमा नदी मानिएको हो । त्यो कुरा महाकाली सन्धीमै उल्लेख छ । आज कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात ओलीले गरेका छन् । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएकाले यो सरकार राष्ट्रवादी नै होइन । यिनीहरु राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन् ।’ उनको यो अभिव्यक्तिको नेकपाले भने चर्को विरोध गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली माथि निराधार आरोप लगाएको टिप्पणी गरेका छन् । श्रेष्ठले भनेका छन् ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोप लगाउर्दैं पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ ।’
उनले यसरी राष्ट्रियता जस्तो संवेदनशील विषयमा बोल्नु घातक र अक्षम्य हुने भन्दै शीर्ष नेताहरुले अझै नचेतेको बताएका छन् । यसविषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने हावादारी अभिव्यक्ति नभइ केही सूचना आएरै देउवाले बोलेको हुन सक्ने भन्दै बचाउ गरे । देउवाको विवादास्पद अभिव्यक्रि यो भने पहिलो होइन । केही साता अघि पनि देउवाले आफ्नै पार्टीका नेता अफताव आलम प्रकरणमा विवादास्पद अभिव्यक्ति दिएका थिए । १२ वर्षअघिको मुद्दा ब्युँताएर सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र गरेको उनले बताएका थिए ।
सो अभिव्यक्ति पछि देउवा बोली सच्याउन बाध्य भएका थिए । कतिपयले देउवा अनुभवी नेता भएपनि निकटका नेताहरुको उक्साहट र भर पर्दा यसरी बारम्बार विवादमा तानिने गरेको बताउँदै आएका छन् । देउवालाई विमलेन्द्र निधि, प्रकाशचन्द्र लोहनी, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का लगायतका काँग्रेसका सानो घेराको विश्वासमा पर्दै आएका छन् । उनीहरुकै उक्साहटमा पार्टी्भित्र फरक मत राख्नेलाई पनि देउवाले सम्बोधन नगर्ने गरेको आरोप लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ मंसिर २०७६, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने