काठमाडौं । मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री जुटिरहेका बेला गृहमन्त्री रामवहादुर थापा (बादल) एकाबिहानै प्रचण्ड निवास पुगेका छन् । बादलले प्रचण्डसँग निवासमा एक घण्टा लामो छलफल गरेका छन् ।
प्रचण्डले पनि बादलसँग प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् हेरफेरका सवालमा आज गर्न लागेको तयारीका विषयमा बादलसग छलफल गरेका थिए । बादल ओली क्याविनेटमा सेभ जोनमा छन् । केपी ओली नेतृत्वको सरकारमा तत्कालिन माओवादी तर्फका ७ मन्त्रीमध्ये तीन मन्त्री सेभ जोनमा छन् । त्यस मध्येका एक हुन्, बादल । उनी सहित उर्जामन्त्री वर्षमान पुन र शिक्षामन्त्री गिरिराजमणी पोखरेल भने सुरक्षित छन् । उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनाल भने बाहिरिने सुचीमा छन् । खानेपानी मन्त्री बिना मगर र वन मन्त्री शक्ति बस्नेतका विषयमा भने छलफल जारी नै छ ।
मंगलबारको मन्त्रीपरिषद् बैठकमा पनि उद्योगमन्त्री यादव र कृषिमन्त्री खनाल सहभागी भएका थिएनन । उद्योग मन्त्री यादवले आफु मन्त्री परिषद् हेरफेर गर्दा बाहिरिने सार्वजनिक रुपमा बताईसकेका छन् । उनलाई अध्यक्ष प्रचण्डले नै दोहो¥याउन नसकिने जानकारी दिईसकेको उनले बताएका छन् । ‘मलाई अध्यक्ष प्रचण्डले बोलाएर मन्त्री पदमा दोहो¥याउन नसकिने जानकारी गराईसक्नुभएको छ,’ यादवले भने,–‘अरु को को हट्दैछन्, को को थपिदैछन, त्यो मलाई थाहा छैन’ ।
अध्यक्ष प्रचण्डले तत्कालिन माओवादी तर्फका ७ जना मन्त्रीहरुलाई अलग अलग रुपमा भेटेर प्रधानमन्त्रीले गरिरहेको तयारीका विषयमा जानकारी गराएका थिए । बादल भने नेकपाको सचिवालय सदस्य पनि हुन् ।
आजै मन्त्रिपरिषद् पुर्नगठन देखि दुई अध्यक्षको कार्यविभाजन, सभामुख चयन लगायतका विषयमा पनि छलफल हुने सम्भावना देखिएकोले यी विषयमा छलफलका लागि पनि प्रचण्डले बादललाई निवास बोलाएको हुनसक्ने बताईएको छ । उनी सहित आइतबारको पार्टी सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्री मण्डल हेरफेरको सैद्धान्तिक सहमति दिएको थियो । मंगलवार साझ क्याविनेट बैठकमा प्रधानमन्त्रीले हेरफेर गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड