काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । दाहालको २०७४ मङ्सिर ३ गते निधन भएको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष दाहालले स्व प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गर्नुभएको थियो । कार्यक्रममा नेकपाका नेता जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, खानेपानीमन्त्री बीना मगरलगायतको सहभागिता थियो । - रासस


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड