काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । दाहालको २०७४ मङ्सिर ३ गते निधन भएको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष दाहालले स्व प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गर्नुभएको थियो । कार्यक्रममा नेकपाका नेता जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, खानेपानीमन्त्री बीना मगरलगायतको सहभागिता थियो । - रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’