काठमाडौं । मन्त्रीमण्डल फेरबदलको विषयलाई लिएर विभिन्न संचार माध्यममा अर्नगल र भ्रामक समाचार प्रकासन, प्रसारण गरेको भन्दै नेकपा अध्यक्ष प्रचण्डको निजी सचिवालयले आपत्ती जनाएको छ ।
सचिवालयले आज प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।’
मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनु भएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको दुश्प्रचारको भ्रममा नपर्न सचिवालयले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’