काठमाडौं । प्रमुख प्रतिपक्ष काँग्रेसले सरकारका २१ असफलता सार्वजनिक गर्न लागेको छ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन गरेको आज २१ महिना पुगेको अवसरमा काँग्रेसले सरकारका २१ असफलता सार्वजनिक गर्न लागेको हो । यो लेखाजोखा सहितको २१ असफलता तयार पार्न काग्रेसका २१ नेताहरु लागि परेका छन् ।
काँग्रेसका २१ नेताहरुले तयार पारेको २१ सरकारका असफलता (आज) मंगलबार) पार्टी कार्यालय सानेपामा सार्वजनकि गर्न लागेको हो । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ । निर्मला पन्त बलात्कारका घटनादेखि सिमा समस्यासम्मका विषयमा सरकारले काम गर्न नसकेको र त्यो सरकारका २१ असफलताभित्र पारिएको काँग्रेसका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ मंसिर २०७६, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?