असम्बन्धित प्रश्न सोधिएको भन्दै त्रिवि सेवा आयोगको परीक्षा बहिस्कार

मंगलबार, ०३ मंसिर २०७६, ०७ : ५१
असम्बन्धित प्रश्न सोधिएको भन्दै त्रिवि सेवा आयोगको परीक्षा बहिस्कार

ललितपुर । त्रिवि सेवा आयोगको उपप्राध्यापक पदमा मंगलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । कम्युटर विज्ञान दोस्रो खण्डको विषयगत परीक्षाको प्रश्नपत्र त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अनुरुप नभएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस केन्द्रका परीक्षार्थीले प्रश्नपत्र गैरविषयको समय समेटिएको भन्दै बहिस्कार गरेका हुन् । कम्युटर विज्ञानको विषयगत परीक्षा भएपनि सिलेबस भन्दा बाहिर गएर इलेक्ट्रोनिक्सको असम्बन्धित प्रश्न सोध्ने काम भएकाले आफूहरुले परीक्षा बहिस्कार गरेको परीक्षार्थी रमेश न्यौपानेले जानकारी दिए ।

उनले सोमबारपनि यस्तै असम्बन्धित प्रश्न सोधिएको र मंगलबार सोही गल्ती दोहोरिएको पाइएपछि परीक्षा बहिस्कार गरिएको बताए । परीक्षार्थीहरुले यो परीक्षालाई रद्द गर्दै पुन परीक्षाको माग गरेका छन् । गतवर्ष सो पदका लागि १७ जना माग भएकोमा ६० जनाको हाराहारीमा आवेदन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस