नेपाली भूमि फिर्ताको माग गर्दै नेविसंघको प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, १८ : ००
नेपाली भूमि फिर्ताको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानी काठमाण्डौमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले अतिक्रमित भूमि फिर्ताका लागि सरकारले पहल नगरेको भन्दै आईतबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेको हो । प्रर्दशनकारीले सरकारले राष्ट्रवादको नारा लगाएपनि सिमा अतिक्रमणबारे आवश्यक पहल गर्न नसकेको आरोप लगाए । उनीहरुले राष्ट्रियता, राष्ट्रिय स्वभिमान र सिमा सुरक्षा तथा अतिक्रमित भूमि फिर्ताका लागि समयमै उपयुक्त कदम नचाले गम्भीर परिस्थिति श्रृजना हुने चेतावनी  नै दिए ।
मण्डलामा भेला भएका विद्यार्थीहरुले सिमा सुरक्षा कायम गर्न माग गर्नुको साथै सरकार विरुद्ध पनि नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस