कारबाहीमा तालिवानको तालीमकेन्द्र ध्वस्त, दश तालिवान मारिए

मंगलबार, २३ माघ २०७४, १७ : २८
कारबाहीमा तालिवानको तालीमकेन्द्र ध्वस्त, दश तालिवान मारिए

काबुल । अफगान राष्ट्रिय सैनिकले तालिबानको नियन्त्रणमा रहेको उनीहरुको तालीमकेन्द्र ध्वस्त पारिदिएको समाचार छ । त्यस केन्द्रमा राखिएका ३० वटा बम पनि निस्क्रिय बनाएको रक्षा मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सैनिकले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिाबान लक्षित सो कारबाही गरेको हो । त्यसैगरी यस कारबाहीको क्रममा बारुदी सुरुङ्गलगायत कम्तीमा ३० वटा विस्फोटक पदार्थलाई निस्क्रिय बनाएको बताइएको छ ।

अफगान सुरक्षा अधिकारीहरुलाई तालिबान विरुद्धको कारबाहीमा केही महिनायता अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले स्थल र हवाई कारबाहीमा सहयोग गर्दै आएका छन् ।

सरकारी अधिकारी र सुरक्षाबललक्षित आक्रमण केही महिनायता बढेपछि अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले पुनः तालिबानमाथि कारबाही सुरु गरेका छन् ।

यसैबीच अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा कम्तीमा १० सशस्त्र लडाकूको मृत्यु भएको छ । यस कारबाहीको विषयमा तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पाणी गरेका छैनन् ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस