वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ ।
सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो ।
न्युयोर्क स्थित जिल्ला वकिलको कार्यालयमार्फत् राष्ट्रपति ट्रम्पको तर्फबाट फैसला उल्टाउन माग गरिएको उहाँले बताउनु भयो ।
फैसला उल्टाउन ट्रम्पले गरेको यो मागलाई कर सम्बन्धी विवरणलाई गोप्य राख्ने अर्को प्रयासको रुपमा लिइएको छ ।
यसअघिको राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गतका कागजपत्रहरु अदालतले माग गरेको थियो ।
ट्रम्पका वकिलहरूले राष्ट्रपति पदमा बाहाल रहेका बेला उहाँविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन् ।
उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेको समाचारमा जनाइएको छ ।(रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ कार्तिक २०७६, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै