गाईघाट । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ५९ वर्षीय शङ्कर राउतको गएराति झगडेटार जङ्गलमा गोली लागेर मृत्यु भएको छ ।
रात्रिको समयमा साथीहरुसँग सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली लागेर राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो । मृतक राउतसहित ६ जना झगडेटारको जङ्गलमा रात्रिको समयमा सिकार खेल्न गएको बताइएको छ ।
राउतसँग कालिजको सिकार गर्न गएकामध्ये दुई जनालाई बुधबार पक्राउ गरेर अहिले अनुसन्धान शुरु गरिएको र बाँकी फरारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताउनुभयो ।
गोली लागेको विषयमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ । मृतक राउतको शवपरीक्षणका लागि घटनास्थलबाट कटारी अस्पतालमा ल्याइएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु