चितवन । जर्बजस्ती करणी गरेको आरोपमा चितवन माडीका एक व्यक्ति पक्राउ परेका छन । माडी नगरपालिका ५ ब्रम्हपुरीका ४९ वर्षीय कुम्मसिंह विकलाई पक्राउ गरीएको प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विकले माडीकै एक बालिकालाई पटक पटक जर्बजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरीएको हो । पीडित बालिकालाई विगत २ वर्षदेखि आर्थिक प्रलोभनमा पारी विकले पटक पटक जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । उनि माथी अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हाडनाता करणी मुद्दामा महिला पक्राउ
बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अधबैंसे पुरुष पक्राउ