जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ मा गएराति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले मटिहानी नगरपालिका–८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।
गएराति दुवै बाबुछोराबीच झैझगडा हुँदा छोराले कुटपिट गर्दै धक्का दिएर भुइँमा लडाएपछि उहाँको मृत्यु भएको थियो । शवपरीक्षणको प्रतिवेदनपछि मात्रै घटनाका बारेमा स्पष्ट भन्न सकिने प्रनाउ बुढाथोकीले बताउनुभयो । प्रहरीले शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु