म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको छ । ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । विकले जन्माएको छोराको अवस्था भने सामान्य छ ।
प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो । विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माउननुभएको थियो । आज बिहान सामान्य अवस्थामा घर जानुभएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताउनुभयो ।
धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाउनुभएको थियो । पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु