काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगीअन्तर्गत मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार पत्र पठाएको छ ।
गत असोज २८ गते मन्त्रिपरिषद्ले त्यस्ता मेडिकल कलेजलाई १५ दिने समयावधि दिँदै शुल्क फिर्ता नगरेमा कारबाही गर्ने भनी निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयलाई औपचारिक पत्र पठाइएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बढी शुल्क उठाउने मेडिकल कलेजलाई सरकारले अन्तिमपटक पुनः आग्रह गरेको बताउँदै भने, “गृह मन्त्रालयलाई पत्र पठाएका छौँ । अभिभावक तथा विद्यार्थीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिनुपर्छ ।
उजुरी परेका मेडिकल कलेज सञ्चालकलाई ठगीअन्तर्गत मुद्दा चलाइने छ ।” गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २६ कार्तिक २०७६, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम