भारी मूल्य बढाएर दराजको छुट अफर, उपभोक्तालाई यसरी बनाइँदैछ बेवकुफ

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, २१ : ५१
भारी मूल्य बढाएर दराजको छुट अफर, उपभोक्तालाई यसरी बनाइँदैछ बेवकुफ

काठमाडौं । चर्चित अनलाइन बिजनेश कम्पनी दराजले छुट अफरको नाम दिएर कम मूल्य पर्ने सामानलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । 

दराजले उपभोक्तालाई विभिन्न बहानामा ठग्ने गरेको भनि आलोचना भइरहेको बेला दराजका ग्राहहरुले नै यस्तो बताएका हुन् । 

बाहिर सामान्यतयाः १५०० को हाराहारीमा पर्ने सामानलाई दराजले छुटपछि पनि सो भन्दा बढी मूल्य कायमा गरेर बेच्ने गरेको ग्राहकहरु बताउँछन् । 

यतिमात्रै होइन त्यस्ता सामानको गुणस्तरमा पनि प्रश्न चिन्ह खडा हुने गरेको छ । यही मेसोमा नोभेम्बर ११ को दिन दराजले सेल डे ११ः११ को नाम दिएर  छुट अफर हरु घोषणा गरेको छ । तर सो छुट अफरमा पनि केही सामानहरुमा भारी छुटको नाम दिएपनि त्यस्तो नपाइएको भुक्तभोगीहरु बताउँछन् । 

हुन त दराजले ९०० पर्ने घडीलाई ४००, १००० पर्ने इयरफोनलाई १९०, २ हजार पर्ने चचार्जएबल रेजरलाई ७२५, २५ सय पर्नेलाई ७११ भनेर ग्राहक आकर्षण पनि गरेको छ तर वास्तविकता भने त्यति मूल्य नै नपर्ने सामानलाई बढी मूल्य राखेर छुट दिने नाममा झुक्याइएको छ । 

दराजले यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्ने दावी गरेको छ ।  जस्तो कि रेड्मी नोट ७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्री अर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ। साथै सामसंग, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी, वाशीङ मशीन, रुम ग्यास हिटर, आदी सामानहरुमा ठुलो छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिने भनिएको छ ।  ब्रान्ड पिच्छे छूट फरक फरक छन् र उपभोक्ताहरुले ३०५ देखि लिएर ८०५ सम्मको छूटको अपेक्षा गर्न सक्ने भनिएको छ । जस्तो कि टाइटनका उत्पादनहरुमा २५५ को छूटस मन्त्र नाइकी, गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा ३५५ को छूटस भ्यान्सका उत्पादनहरुमा ५०५ सम्मको छूटस अडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० ५ सम्मको छूटस र अन्य अरु धेरै ।

यो सेल २४ घण्टा को लागि मात्र भनिएपनि यो वर्ष उपभोक्ता उति उत्साहित छैन । एक उपभोक्ताले भने, ‘दराजले मलाई ठग्दै आएको छ । यो पटक जति आकर्षक अफर ल्याए पनि मलाई तान्दैन । 

भाँडाकुँडा, कपडा, गरगहना, मोबाइलजस्ता सामान बेच्दै आएको उक्त कम्पनीले हेर्नै नदिई आफूले मगाएकोभन्दा कम गुणस्तरको सामानलाई बढी मूल्य समेत लिन गर्छ । यस्तै कमसल सामान बिकाउन भारी छुट दिएजस्तो गरी बजार मूल्यभन्दा बढीमा बिक्री गरेर पनि ठग्ने गर्छ । 

यतिमात्रै नभई उक्त अनलाइनले बिक्री गर्न बाहिरी मानिसलाई पठाउने र पछि सम्पर्कविहीन हुने जस्तो कार्यसमेत गरेको पाइएको छ। यस्तै उपभोक्ताको पैसा फिर्ता नगर्ने अधिकांश उपभोक्ताको गुनासो छ।

हुन त कम्पनीले पछिल्लो समय उपभोक्तमाथि व्यापक ठगी गरेको भन्दै उजुरी आएपनि सरोकारवाला निकाय भने मौन देखिएको छ । 

दराजले विभिन्न बहानामा ठगी गरेको भन्दै उजुरी परेपछि गत जेठमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दराजको अनुगमन गरेको थियो । त्यतिबेला अनुगमन टोली पुग्दा दराजले व्यवस्थापक नभएको बहाना गर्दै जोगिने प्रयास गरेको थियो । रोचक त के छ भने विभागको टोली कुनै त्रुटी नभेटिएको भन्दै त्यसै फर्किएको थियो । 

स्रोतका अनुसार अनुगमन निकायका अधिकारी आर्थिक प्रलोभनमा परी अनुगमनको नाममा झारा टार्ने काम मात्रै भएको हो । त्यससता विभागले दराजसँग सामान्य कागजात माग्नुबाहेक अरु कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन ।  विभागका एक अधिकारी रमेशकाजी श्रेष्ठले उजुरीबारे छानबिन भइरहेको दाबी गर्दै दोषी पाइए कानुनबमोजिम कारबाही गर्ने बताए । 

तर, विभागको कारबाही प्रक्रियामा ढिलाइ हुनुले गम्भीर प्रश्न चिन्ह खडा भएको उपभोक्ता अधिकारवादी बताउँछन् । उनीहरु दराजको प्रसंगमा विभागका अधिकारीमाथि पनि छानबिन हुनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस