वलात्कारको कसुरमा १२ वर्षीय वालकलाई कैदको फैसला

सफल खबर संवाददाता

आइतबार, २४ कार्तिक २०७६, १८ : २८
वलात्कारको कसुरमा १२ वर्षीय वालकलाई कैदको फैसला

पर्वत । सात वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले १२ वर्षीय बालकलाई ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधिस सुर्यबहादुर थापाको इजलासले वालकलाई ६ महीना कैदसहित २० हजार रुपैयाँ क्षतीपुर्ती दिनुपर्ने फैसला गरेको हो ।

पर्वत अदालतका तहसिलदार मातृका रिजालका अनुसार पिडीतलाई ०७६ जेष्ठ १६ गते आरोपितले बलात्कार गरेको भन्दै  पिडीत पक्षले जेष्ठ १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए । आरोपितलाई अदालतले जेठ २९ मा पूर्वपक्षका लागि बाल सुधार गृह पोखरामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस