चितवन । स्कुटर दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ५ का १७ वर्षीय भीमसेन पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५९ प ३३७० नम्बरको स्कुटर भरतपुर महानगरपालिका ७ तेह्रसालचोकमा आज बिहान ४ बजे अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भरतपुर अस्पतालमा विहान ४ः४५ बजे मृत्यु भएको प्रहुरीले जनाएको छ ।
उनको शव भरतपुर अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार मृतक भीमसेनले भरतपुर महानगरपालिका ११ का २६ वर्षीय सुवास तामाङको स्कुटर चलाउने क्रममा दुर्घटनामा परेका हुन् ।
स्कुटरको पछाडि सवार रत्ननगर नगरपालिका ६ कि २० वर्षीय पुजा सुनार घाइते भएका छन् । उनको टाउकोमा चोट लागको प्रहरीले जनाएको छ । गम्भीर घाइते सुनारको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते