चितवन । स्कुटर दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ५ का १७ वर्षीय भीमसेन पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५९ प ३३७० नम्बरको स्कुटर भरतपुर महानगरपालिका ७ तेह्रसालचोकमा आज बिहान ४ बजे अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भरतपुर अस्पतालमा विहान ४ः४५ बजे मृत्यु भएको प्रहुरीले जनाएको छ ।
उनको शव भरतपुर अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार मृतक भीमसेनले भरतपुर महानगरपालिका ११ का २६ वर्षीय सुवास तामाङको स्कुटर चलाउने क्रममा दुर्घटनामा परेका हुन् ।
स्कुटरको पछाडि सवार रत्ननगर नगरपालिका ६ कि २० वर्षीय पुजा सुनार घाइते भएका छन् । उनको टाउकोमा चोट लागको प्रहरीले जनाएको छ । गम्भीर घाइते सुनारको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते