बाँके । ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ । गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो ।
राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नं को ट्र्याक्टर र म २ प ७०३४ नं को मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो । ट्र्याक्टरका चालक फरार छन् ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
डोटीमा जिप दुर्घटना, एक महिलाको मृत्यु
ट्रक दुर्घटनामा २ घाइते
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाइते
डोटीमा गाडी दुर्घटना, एक महिलाको मृत्यु, ६ बालबालिकासहित २१ घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २४ घाइते