बैतडी । बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु, देउकुमाल थारु, सिर्जना थारु, रीतु थारु, किसन थारु, फूलमती थारु, अमिता थारु, लाइकराम थारु र कैलालीको गौरीगैगा नगरपालिका ३ का कोट्टारी चौधरी घाइते भएका छन् ।
घाइतेमध्ये चन्दु, अञ्जली, रवीना, देउकुमाल र सिर्जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि अन्यत्र पठाइएको छ । अन्य घाइतेको पाटनमै उपचार भइरहेको छ । पाटन बजारबाट सडकमा काम गर्नका लागि मजदूर बोकेको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नं को ट्रयाक्टर पाटन नगरपालिका ६ कदवारनजिक मेलापानीमा दुर्घटनामा परेको हो । दुर्घटना आज बिहान ९ बजे भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते