एजेन्सी । स्पाइस–जेट चढेका एक यात्रु तब आत्तिए जब उनी छेउको झ्यालको सिसा चक्रिएको थियो । उक्त चक्र्रेको सिसालाई सेल्लोटेपले टालिएको थियो ।
यात्रु हरिहरण शंकरणले उक्त झ्यालको फोटो खिचेर समाजिक संजालमा पोष्ट गर्दै लेखेको छन् ,‘नोभेम्बर ५ को दिन मुम्बईदेखि दिल्ली उड्न लागेको स्पाइस–जेट फ्लाइट एसजी८१५२(भीटी–एसवाईजी)को झ्याल सेल्लो टेपले टालिएको छ । के यो गम्भिर सुरक्षा विषय होइन ? कसैले सुनिरहेको छ ?’
स्पाइसजेटका प्रवक्ताले ट्वीटमार्फत यात्रुको जवाफ दिएका छन् । त्यसमा सुरक्षा आफूहरुको उच्च प्राथमिकता रहेको यो घटनाबारेमा विमान कम्पनीका माथिल्ला अधिकारीलाई जानकारी गराइएको उल्लेख छ ।
तर शंकरणले जवाफमा ‘ सेल्लो टेप टालेको हेर्दा त कसैले त्यसमा पहिले ख्याल गरेको देखिन्छ ।’
उचाईमा विमानको झ्याल फुटेमा त्यो निक्कै खतरनाक र प्राणघातक पनि हुन सक्छ ।
१० हजार फिटभन्दा माथि अक्सिजनको कमी हुने भएकाले विमानको क्याबिनलाई प्रेसराईज गरेर अक्सिजनको व्यवस्था गरिएको हुन्छ ।
तर झ्याल फुटेमा प्रेसरका कारण बाहिरको हावा तीव्र गतिमा भित्र पस्छ । हावाको तीव्रता यति बलियो हुन्छ कि यात्रु बाहिर तानिन सक्छन् ।
इण्डिया टुडेले झ्यालको भित्र भागमात्र कोतरिएको, बाहिर केही नभएको बताएको छ ।
विमान सोही झ्यालसहित उडेर २८ मिनेटपछि मुम्बई अबतरा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २३ कार्तिक २०७६, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
अमेरिकी आकाशमा फेरि ठोक्किए दुई विमान, २ जनाको मृत्यु
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता
कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण
क्यालिफोर्नियामा सानो विमान एउटा भवनको छतमा ठोक्कियो, २ जनाको मृत्यु