भरतपुर । चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका– १४ का २४ वर्षीय बुद्धि पन्तको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार व्यास– १३ का २५ वर्षीय सुरेश हड्खले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते