बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु