उपचुनावको उम्मेदवारी दर्ता आज

सफल खबर संवाददाता

विहीबार, २१ कार्तिक २०७६, ०८ : १९
उपचुनावको उम्मेदवारी दर्ता आज

काठमाडौं । प्रतिनिधीसभाको एक र प्रदेशसभाको तिन रिक्त स्थानको उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुदैछ । निर्वाचन आयोगले प्रतिनधीसभा तथा प्रदेश सभाको रिक्त स्थानको उपचुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका बनाएपछि राजनीतिक दलहरुले आज उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।

स्थानिय तहको रिक्त स्थानको उपचुनावका लागि भने २७ कात्तिकमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका वनेको छ । प्रतिनिधीसभातर्फ कास्की २, प्रदेश सभातर्फ भक्तपुर १ (क), बाग्लुङ २ (ख), दाङ ३ (ख) मा मंसिर १४ मा उपचुनाव हुदैछ ।

सो दिन ३७ जिल्लाका ५२ स्थानमा उपचुनाव हुदैछ । चुनावमा १ सय १ राजनीतिक दलले कुनै न कुनै रुपमा निर्वाचनमा भाग लिदैछन् ।

उम्मेदवारी मनोनयनका ला िनिर्वाचन आयोगले आज दिउँसो १ वजेदेखि ३ बजे सम्मका लागि समय निर्धारण गरेको छ । 

सबै रिक्त स्थानमा गरी कुल ४ लाख ५४ हजार ११४ मतदाताले चुनावमा भाग लिने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए ।

उम्मेदवारी दर्ताका लागि रस्साकस्सीका बिच  प्रमुख दलहरुले उम्मेदवारी चयन गरिसकेका छन् । उम्मेदवारी चयन पछि आज प्रमुख दलहरुले बाजागाजा सहित उम्मेदवारी मनोनयन गर्ने तयारी गरेका छन् ।

प्रमुख दलका उम्मेदवार को को छन् ?
प्रमुख राजनीतिक दल नेकपा, कांग्रेस लगायतका राजनीतिक दलले रिक्त प्रतिनिधीसभा, प्रदेश सभा तर्फका उम्मेदवारी टुंगो लगाएका छन् । कास्की २ को प्रतिनिधीसभाका लागि नेकपाले दिवंगत सांसद रविन्द्र अधिकारीकाी श्रीमति विद्या भटटराई, कांग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी र विवेकशीलले जमुना शर्मालाई उम्मेदवारी टुंगो लगाएका छन् ।

भक्तपुर १ (ख)मा  नेकपाका देवीप्रसाद (डिपि) ढकाल, कांग्रेसबाट कृष्ण भँडेल, साझावाट सुरज प्रधान र नेपाल मजदुर कसिान पार्टीले आजै टुंगो लगाउने तयारी गरेका छन् ।

वाग्लुङ २ (ख) मा नेकपाको समर्थनमा राष्टिय जनमोर्चाले खिमविक्रम शाही, कांग्रेसले जित शेरचन र विवेकशीलले सन्तोष भण्डारीलाई उम्मेदवार उठाउादैछ ।

त्यस्तै दाङ ३ (ख)मा नेकपाले सोही क्षेत्रका दिवंगत सांसद उत्तरकुमार वलीकी श्रीमति विमला वली, कांग्रेसले केशव आचार्य र साझाले शिव चौध्रीलाई उम्मेदवार बनाउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस