पाकिस्‍तानी-भारतीय सेनाबीच गोली हानाहान

मंगलबार, २३ माघ २०७४, १० : १८
पाकिस्‍तानी-भारतीय सेनाबीच गोली हानाहान

भारतीय शासित क्षेत्र कश्मिरस्थित लाइन अफ कन्‍ट्रोल (एलओसी) मा तना बढ्दै गएको छ । पाकिस्तान सेनाले राजौरीमा आइतवार राति गरेको गोलाबारीमा चारजना भारतीय सेना मारिएका छन् । यो भिडन्तपछि यस जिल्लाका ४८ स्कुललाई तीन दिनका लागि बन्द गरिएको छ। पाकिस्तानबाट हानिएको एन्टी ट्यांक मिसाइल विस्फोटमा परेर २३ वर्षीय क्याप्टेन कपिल कुन्डुसहित चारजना भारतीइ सेना मारिएका हुन् ।

यो भिडन्तपछि सोमवार एहतियातन श्रीनगर-मुजफ्फराबाद (पीओके) बस सेवा पनि बन्द गरिएको छ । पाकिस्‍तानी सेनाले आइतवार राजौरीको भिम्बर गली क्षेत्रमा आक्रमण गरेको हो ।

यो हमलामा हरियाणाको गुडगाउँस्थित रनसिका गाउँका क्याप्टेन कपिल कुन्डु (२३), ग्वालियरका राइफलम्यान राम अवतार (२७), जम्मु-कश्मिरको साम्बाका हवलदार रोशन लाल (४२) र जम्मु-कश्मिरको कठुवा जिल्लाका राइफलम्यान शुभम सिंह (२३) मारिएका हुन् । यो घटनामा अन्य दुई भारतीय सेना पनि घाइते भएका छन् । भारतीय सेनाले पनि पाकिस्तानी सेनाको जवाफ दिइरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस