सिजी ल्याण्डमार्कमा सोनाम गियरको शोरुम उद्घाटन

सफल खबर संवाददाता

आइतबार, १७ कार्तिक २०७६, १६ : ५६
सिजी ल्याण्डमार्कमा सोनाम गियरको शोरुम उद्घाटन

चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा आइतबार सोनाम गियरको शो रुम उद्घाटन गर्दै सञ्चारकर्मी रवि लामिछाने । तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । स्वदेशी कम्पनी प्रभु गार्मेन्टले उत्पादन गरेको सोनाम गियरको कपडा तथा जुत्ताको शोरुम चितवनमै पहिलो पटक सिजी ल्याण्डमार्कमा खोलिएको छ । सिजी ल्याण्डमार्कको पहिलो तलाको दाहिने साइडमा खोलिएको शोरुमको चर्चित सञ्चारकर्मी तथा सोनाम गियरका ब्राण्ड एम्बेस्डर रवि लामिछानेले उद्घाटन गर्नुभयो । 

शोरुममा सानोम गियरको ज्याकेट, टिसर्ट, टे«किङको पोशाक, सर्ट, जुत्तालगायतका सामग्री विक्रीको लागि राखिएको छ । सोनाम गियरको काठमाडौँ, पोखरापछि चितवनको सिजी ल्याण्डमार्कमा तेस्रो शोरुमको रुपमा सञ्चालन गरिएको सोनामका म्यानेजर अमित लामाले जानकारी दिनुभयो । 

उहाँले सोनाम गियरको तराईदेखि हिमालसम्म बस्ने मानिसहरुको लागि उपयुक्त हुने स्वदेशी गुणस्तरीय उत्पादन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोनाम गियरको कपडा स्वदेशको गुणस्तरीय ब्राण्ड बनेको छ ।’ प्रभु गार्मेन्टले विगत १० वर्षदेखि सोनाम गियरको कपडाहरु उत्पादन गरिरहेको छ ।

सोनामको उत्पादन दुई हजारदेखि १२ हजारसम्मका छन् । शोरुमको उद्घाटनपछि ब्राण्ड एम्बेस्डर रवि लामिछानेले सोनाम गियरको नेपाली उत्पादन गुणस्तरीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली उत्पादनहरु पनि अन्तर्राष्ट्रिय बजारमा जानुपर्छ, सोनाम गियरमा त्यो गुणस्तर छ ।’


 

प्रतिक्रिया दिनुहोस