चितवन । छठको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर मनाइएको छ । ब्रतालुहरुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएका हुन् ।
चार दिनसम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो तथा मुख्य दिन (षष्ठी) हो । आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिइसकेपछि रातभर छठ घाटमै जागराम बसेर विभिन्न छठसम्वन्धित गीत संगीत, कथा सुनेर, हेरेर भक्तजनहरु रात बिताउने गर्छन् । भोली विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ सम्पन्न हुने गर्दछ ।
छठका लागि जलासयहरु बेहुलीझैं सिंगारिएका छन् । त्यस्तै चितवनस्थित नारायणी नदीमा पनि छठको घाट बनाएर पूजा गरिएको छ ।
छठ पर्वका लागि तयार पारिएका पूजा सामग्री बोकेर ब्रतालुहरु छठको घाट पुगेका छन् ।
हेर्नुहोस्, सफल खबर संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले नारायणी नदी किनारमा पुगेर खिचेको तस्विर :
प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
शनिबार, १६ कार्तिक २०७६, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सम्पन्न भयो छठ
छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरिदै
छठको दोस्रो दिन आज ‘खरना’
मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’
मिथिलाञ्चलमा चैती छठ पर्व सुरु