काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन् । आज राजधानीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कार्यकर्ता जिम्मेवार बनेमात्र कांग्रेस बलियो हुने भन्दै यसमा गम्भीर हुन आग्रह गरे ।
फरक प्रसंगमा उनले वर्तमान सरकारले जनताले दिएको जनादेश पूरा गर्न नसकेको बताएका छन् । बजार महंगी, चरम असुरक्षा, नैतिक आचरणमा समेत हरेक दिनका गतिविधिले दुई तिहाईको हैसियत जनता सामु प्रष्ट भएकाले सरकार असफल भएको उनको दाबी छ ।
सरकारले राम्रो काम गरोस् भन्ने जनचाहानालाई समयमा नै सम्बोधन गर्न अझै पनि सचेत रहन सुझाव दिँदै उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ कार्तिक २०७६, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह