प्रधानमन्त्री ओलीको ब्रिफिङ : मेरो अझै दुई विकल्प छन्

सफल खबर संवाददाता

शनिबार, १६ कार्तिक २०७६, १५ : ३८
प्रधानमन्त्री ओलीको ब्रिफिङ : मेरो अझै दुई विकल्प छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेका छन् । उनले आफ्नो स्वास्थ्यबारे दुई विकल्प भएको ब्रिफिङ गरेका हुन् । शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री

ओलीले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताए । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा कुनै ठूलो समस्या नआएको ब्रिफिङ गरेका थिए । उनले आफू सिकिस्त विरामी नभएको बताएका छन् । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले  जानकारी दिए ।

मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको उनले जानकारी दिए । उनले आफ्नो फेरि अर्को पटक डायलासिस गर्ने तयारीमा रहेको बताएका थिए । 

बैठकपछि  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने प्रधानमन्त्रीले स्वास्थ्य गम्भीर भएर आफू सिस्कित भएको नभई केही समस्या देखिएकाले चकित्सकहरुले परीक्षण गरिरहेको जानकारी गराएको बताए । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसयता नियमित औषधि खाइरहेका उनी १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस