काठमाडौं । प्रहरीले कांग्रेसको युवा संगठन तरुण दलका एक नेतासहित ६ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्ने तरुण दलका नेता नेपालगन्ज उपमहानगरपािलकाका नगर सभापति संदिपजंग शाह सहितका छन् ।
उनीहरुलाई गएराती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० नमस्ते भिलेज रिसोर्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।
नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कार चेकजाच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाई राखेको मेड इन यूएस लेखेको म्याग्जीनसहितको अटोमेटिक पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीका अनुसार, पेस्तोलसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ रामबाघ बस्ने बर्ष ३२ को तरुण दलका नगर सभापति शाह, दिनेश शाही, राघब शाह सानु, माधब नेपाली, जय बहादुर बुढा र प्रितम थापा मगर रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरुको अनुसन्धान जारी रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ कार्तिक २०७६, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ