प्रधानमन्त्री डिस्चार्ज हुन लाग्नुभएको छ : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १४ कार्तिक २०७६, १५ : ३९
प्रधानमन्त्री डिस्चार्ज हुन लाग्नुभएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुन लाग्नुभएको बताउनुभएको छ ।  बिहीबार प्रधानमन्त्री ओली भेट्न ग्राण्डी अस्पताल पुगेका प्रचण्डले प्रधानमन्त्री डिस्चार्ज हुन लाग्नुभएको बताउनुभयो । 

झण्डै एक घण्टा अस्पतालमा बिताएर फर्किएका प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्रीको डायलाइसिस भएको छ । केहीछिन आराम गरेर आज बालुवाटार जाँदै हुनुहुन्छ ।”

उहाँले प्रधानमन्त्रीको डायालाइसिस बुधबार र बिहीबार गरी दुईपटक भएको बताउनुभयो । “डाक्टरको भनाइअनुसार डायलाइसिस फेरि पनि गर्नुपर्ने हुनसक्छ ।

भोलि र पर्सिको अवस्था हेरर यसै भन्न सकिन्छ,” उहाँले भन्नुभयो । प्रधानमन्त्रीले आफूसँग कुरा गरेको जानकारी दिँदै समस्या छिटोछिटो देखा परे पनि अहिले ठीक भएको बताएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस