चितवन । चितवन प्रहरीले दशैँ तिहारको समयमा जुवातास खेल्ने ८६ जनालाई पक्राउ गरेको छ । प्रहरीको सुरक्षा योजना अन्तर्गत विभिन्न स्थानबाट उनिहरुलाई तास खेलीरहेको अवस्थाबाट पक्राउ गरीएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।
उनीहरुलाई असोज २० गतेदेखि कार्तिक १३ गतेसम्मको अवधिमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका १ बाट सबैभन्दा धेरै २० जना एकै स्थानबाट कौडा र १ लाख ९१ हजार ८४५ रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो ।
भरतपुर महानगरपालिकाका विभिन्न स्थानबाट ५४ जना, कालिका नगरपालिकाबाट १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु सबै पुरुष रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट जुवा तास खेल्न प्रयोग गरिरहेको ११ लाख ९९ हजार १ सय ६५ रुपैयाँ नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ कार्तिक २०७६, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य झगडामा श्रीमतीको हत्या, श्रीमान् पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने तीन जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ