चितवन । चितवन प्रहरीले दशैँ तिहारको समयमा जुवातास खेल्ने ८६ जनालाई पक्राउ गरेको छ । प्रहरीको सुरक्षा योजना अन्तर्गत विभिन्न स्थानबाट उनिहरुलाई तास खेलीरहेको अवस्थाबाट पक्राउ गरीएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।
उनीहरुलाई असोज २० गतेदेखि कार्तिक १३ गतेसम्मको अवधिमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका १ बाट सबैभन्दा धेरै २० जना एकै स्थानबाट कौडा र १ लाख ९१ हजार ८४५ रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो ।
भरतपुर महानगरपालिकाका विभिन्न स्थानबाट ५४ जना, कालिका नगरपालिकाबाट १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु सबै पुरुष रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट जुवा तास खेल्न प्रयोग गरिरहेको ११ लाख ९९ हजार १ सय ६५ रुपैयाँ नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ कार्तिक २०७६, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ