भावना : क्या बात जीवन शर्मा

बुधबार, २९ असोज २०७६, १६ : ३०
भावना : क्या बात जीवन शर्मा

– कृष्ण सुदामा

कहिले आँधी कहिले हुरी क्या बात जीवन शर्मा।
दुस्खी गरिब सर्वहारा छाम्दै दिलको मर्म।।

स्वदेश बिदेश यत्रतत्र पसिनाका गीत ।
भरिया र किसान मजदुर बने तिम्रा मीत।।

शोषक जाली पर पर श्रमिक वर वर।
न त तिम्रो खेत खलियान न त बस्ने घर।।

प्रतिभाका खानी तिमी जनताका साथी।
भर्‍याङ बनाई उक्ले अग्रज बने अन्तर्घाती ।

अस्पतालको शैयामाथी ऎया, ऎया छोरो।
जटिल छ स्वास्थ्यबस्था भा छ सारो गारो।।

मुट्ठीभरका मोजमस्तिमा मुलुक राखी दाउमा ।
देर नगरौं झट्ट उठौं मलम लगाऔं घाउमा ।।

प्रतिक्रिया दिनुहोस