गजल

बुधबार, २९ असोज २०७६, १२ : ४१
गजल

– धनराज गिरी
ह्रदयमा चोखो प्रीत --यता पनि उता पनि
उही संस्कार उही रीत --यता पनि उता पनि

स्थायी रोग चुनाव भो सारा नेपालीको
अभिशाप हुने जीत --यता पनि उता पनि

हार्दिकता आत्मीयता खोज्छ मानवता
मिठो हुने प्रेमगीत --यता पनि उता पनि

अपराधी आततायी शत्रु समाजको
हुन्न हुन्न हुन्न मीत ----यता पनि उता पनि

उज्यालिन्छ सारा बस्ती कुनाकन्दरामा
झुपड़ीको भए हित --यता पनि उता पनि

मुस्कुराए बाउ आमा नाचे भुरा भूरी
मिल्छ ख़ुशी शब्दातीत --यता पनि उता पनि

मान्छे आखिर मान्छे नै हो पोको रहस्यको
कैले आगो कैले शीत --यता पनि उता पनि !!

प्रतिक्रिया दिनुहोस