कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १७ : ११
कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने

चितवन । सरकारले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधी खुवाउने भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै पालिकाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेको जनाएको छ । 

मन्त्रालयले स्थानीय तहबाट सहयोग समन्वय तथा प्रचारप्रसार तथा आवश्यक सहजीकरणको लागि अनुरोध समेत गरेको छ । साथै समन्वयका लागि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस